Posts

Donate

 Proposal for International Support: Establishing 700 New House Churches & Training 100 Church Planters 1. Executive Summary An initiative has been launched to establish 700 new house churches and train 100 church planters in the Gandaki and Bagmati provinces, with the goal of spreading the gospel, making disciples, and building self-sustaining churches. To achieve this mission, we seek financial, prayerful, and resource support from international churches, mission organizations, and individual donors. 2. Background of the Project There are still many places in Nepal where the gospel has not yet reached. In line with our God Vision Church’s mission, "No Place Left," we are committed to bringing the gospel to every home and establishing new churches across these provinces. Our ultimate goal is to ensure that every village in Nepal hears the gospel. 3. Objectives ✅ Establish 700 new house churches. ✅ Train and equip 100 church planters. ✅ Empower local believers to become s...

Give

शिर्षक: ७०० नयाँ घरेलु मण्डली स्थापना र १०० अभियानकर्ताहरू निर्माणको लागि अन्तर्राष्ट्रिय सहयोग प्रस्ताव। १. प्रस्तावको सारांश (Executive Summary) गण्डकी र बागमती प्रदेशमा सुसमाचार प्रचार, चेलापन निर्माण, र आत्मनिर्भर मण्डली स्थापना गर्ने उद्देश्यले ७०० नयाँ घरेलु मण्डली स्थापना र १०० अभियानकर्ताहरू निर्माण गर्ने अभियानको सुरुवात गरिएको छ। यस अभियानका लागि अन्तर्राष्ट्रिय मण्डली, मिशन संस्थाहरू, तथा व्यक्तिगत सहयोगदाताहरूबाट आर्थिक, प्रार्थनात्मक, र स्रोत-सामग्री सहयोग आवश्यक छ। २. परियोजनाको पृष्ठभूमि (Background of the Project) नेपालमा अझै धेरै स्थानहरू छन्, जहाँ प्रभुको सुसमाचार पुगेको छैन। हाम्रो God Vision Church को दृष्टि "No Place Left" (कुनै ठाउँ बाकी नरहोस ) अनुसार हामी यी प्रदेशहरूमा घर-घरमा सुसमाचार पुर्याई नयाँ मण्डली स्थापना गर्ने योजना बनाइरहेका छौँ।  हाम्रो लक्ष्य नेपालका प्रत्येक गाउँमा सुसमाचार पुर्याउनु हो। ३. उद्देश्य (Objectives) ✅ ७०० वटा नयाँ घरेलु मण्डली स्थापना गर्नु। ✅ १०० अभियानकर्ताहरू (Church Planters) निर्माण र प्रशिक्षण गर्नु। ✅ स्थानीय विश्वासीह...

RELATIONSHIP

Image
✅   राज्यको परिवार (Kingdom Family) हामी No Place Left (NPL) को यात्रामा एकअर्कासँग परमेश्वरको राज्यमा परिवारको रूपमा सम्बन्ध राख्छौं। हामी ख्रीष्टमा दाजुभाइ-बहिनी हौं। NPL केहीको लागि परिवार हो – केही विश्वासीहरूका लागि, NPL आत्मिक परिवार जस्तै हो, जहाँ उनीहरू समान दर्शन र अभ्यास भएका विश्वासीहरूसँग आत्मीय सम्बन्ध अनुभव गर्छन्। NPL एउटा अभ्यासको समुदाय हो – अन्यहरूका लागि, NPL विश्वव्यापी अभ्यासको एक समुदाय हो, जहाँ विश्वासीहरू परमेश्वरको राज्य विस्तार गर्न सहकार्य गर्छन्। 👉 हाम्रो सिद्धान्तहरू :-  हामी No Place Left (NPL) मा ख्रीष्टका दाजुभाइ-बहिनीका रूपमा सम्बन्ध राख्छौं। खुला सदस्यता – जोसुकै येशूको चेला स्वतन्त्र रूपमा सहभागी हुन सक्छ (भजनसंहिता 110:3)। खुला स्रोत – बाइबलका सिद्धान्त, प्रशिक्षण, र स्रोतहरू निःशुल्क बाँड्छौं (मत्ती 10:7-8)। खुला मन – उदारता र सहयोगका साथ परमेश्वरको राज्य विस्तार गर्छौं (हितोपदेश 11:24-25)। हामी प्रेम, सहकार्य, र पारदर्शिताका साथ परमेश्वरको राज्य विस्तार गर्न समर्पित छौं। ✅  विकेन्द्रित नेतृत्व (Decentralized Leadership) No Plac...

PRACTICE

Image
  नम्रता (Humility) हामी ख्रीष्टको नम्रता अनुसरण गर्न हरसम्भव प्रयास गर्छौं, हाम्रो उद्धारलाई भय र उद्देश्य सहित अघि बढाउँछौं। यदि हाम्रो हृदयमा अहंकार भेटियो भने, हामी पश्चात्ताप गर्छौं र परमेश्वरको शक्तिशाली हातमुनि नम्र हुन्छौं। हामी उहाँको अनुग्रहद्वारा जीवन बिताउन, प्रेममा एक-अर्कालाई आदर गर्न, र येशूको वचन, कार्य र मार्ग सिक्न सधैं तयार रहन्छौं। चेलापन (Discipleship) कहिलेकाहीं अव्यवस्थित हुन सक्छ, र परमेश्वरको राज्य परिवारमा (NPL) विवादहरू हुन सक्छन्। तर ख्रीष्टले हामीलाई छिटो मेलमिलाप , क्षमा, र पश्चात्तापद्वारा पुनर्स्थापना गर्न आदेश दिनुभएको छ। त्यसैले, हामी उहाँको एकतामा बस्न प्रयास गर्छौं, ताकि संसारले विश्वास गरोस् कि पिता परमेश्वरले येशूलाई पठाउनु भयो। बाइबल पदहरू: 📖 फिलिप्पी २:३-१३ – येशूको नम्रता 📖 याकूब ४:६-१० – परमेश्वर नम्रलाई अनुग्रह दिनुहुन्छ 📖 रोम १२:९-११ – प्रेम र आदरमा जीवन बिताउनु 📖 मार्कुस १:१५ – पश्चात्ताप गर्नुहोस् र विश्वास गर्नुहोस् 📖 मत्ती ५:२३-२५ – छिटो मेलमिलाप गर्नुहोस् 📖 मत्ती ६:१२ – क्षमा गर्नुहोस् 📖 मत्ती १८:१५-३५ – पुनर्स्थापनाक...

पिताको हृदय

Image
  १.पिताको हृदय  हामी परमेश्वरको राज्य पृथ्वीमा आउन र उहाँको इच्छा स्वर्गमा जस्तै पृथ्वीमा पूरा होस् भन्ने पिताको हृदयद्वारा प्रेरित छौं (मत्ती 6:9-10)। परमेश्वर फसलका प्रभु हुनुहुन्छ, जसले सबै जाति, भाषा, र राष्ट्रबाट आत्माहरूको फसल उठाउन चाहनुहुन्छ। ( मती  6:9-10, 9:35-38, 13:39, 24:14; लुका 10:1-2; 2 पत्रुस 3:7-13; प्रकाश 14:15) २.ख्रीष्ट केन्द्रित: वचन, आत्मा र मिशन हामी ख्रीष्ट केन्द्रित छौं, उहाँको वचनमाथि निर्भर छौं जुन पवित्र शास्त्रमा लेखिएको छ (यूहन्ना १५:१-१६; २ तिमोथी ३:१६-१७), उहाँको आत्माद्वारा सशक्त छौं (यूहन्ना १४:२३-२६) , र  उहाँको मिशनमा समर्पित छौं, सबै राष्ट्रहरूलाई साक्षी दिने कार्यमा। ( लूका २४:४६-४९; प्रेरित २०:२४) महान आज्ञा (Great Commission) हामी येशूलाई पच्छ्याउँदै उहाँको वचन र तरीकाहरू पालना गर्दै महान आज्ञालाई कार्यान्वयन गर्दै अघि बढ्छौं। येशू र उनका चेलाहरूको पद्धति अनुसार हामी सुसमाचारको प्रचार गर्छौं, चेलाहरू बनाउँछौं, अगुवाहरु र मण्डलीहरू बढाउँछौं, र राज्य निर्माणमा योगदान दिन्छौं। हाम्रो उद्देश्य भनेको स्थानीय विश्वासिहरूलाई येशू...

NPL- No Place Left

No Place Left (# NoPlaceLeft ) एक विश्वव्यापी अभियान हो, जसको उद्देश्य महान आज्ञा (मत्ती 28:18-20) पूरा गर्नु हो। यस अभियानले सुसमाचार प्रचार, चेलाहरू बनाउने, मण्डलीहरू स्थापना गर्ने, अगुवाहरू तयार पार्ने, र अभियानकर्ताहरू खडा गर्ने लक्ष्य राखेको छ।    यो दर्शन प्रेरित पावलको कामको रूपमा मात्र नभई सम्पुर्ण बाइबलभरी परमेश्वरको योजना हो। यसले सृष्टिको सुरुदेखि उत्पत्ति १:२६-२८) ख्रीष्टको दोस्रो आगमनसम्म (प्रकाश ७:९-१०) परमेश्वरको महिमाका लागी हरेक मानिस, जाति र भाषामा सुसमाचार फैलाउन निर्देशन गर्दछ । प्रेरित पावलको लक्ष्य थियो कि, सुसमाचार र परमेश्वरको राज्यलाई त्यहाँ पुऱ्याउने जहाँ खिष्टलाई अझ चिनेको छैन् । यो दर्शन तबसम्म जारी रहन्छ, जबसम्म संसारको प्रत्येक मानिसले सुसमाचार सुन्न र स्वीकार गर्न मौका पाउँदैनन् । परमेश्वरको अन्तिम उदेश्य उहाँको महिमा संसारभरि प्रकट गर्नु हो ।   परमेश्वरको अन्तिम उद्देश्य उहाँको महिमा संसारभरी प्रकट गर्नु हो भन्ने कुरा बाइबलको शिक्षाको मुख्य विषय हो। बाइबलका विभिन्न पढहरूमा परमेश्वरको यो महान योजना स्पष्ट रूपमा देख्न सकिन्छ । 👉 बाइबल खण्ड :...