पिताको हृदय

 १.पिताको हृदय 

हामी परमेश्वरको राज्य पृथ्वीमा आउन र उहाँको इच्छा स्वर्गमा जस्तै पृथ्वीमा पूरा होस् भन्ने पिताको हृदयद्वारा प्रेरित छौं (मत्ती 6:9-10)। परमेश्वर फसलका प्रभु हुनुहुन्छ, जसले सबै जाति, भाषा, र राष्ट्रबाट आत्माहरूको फसल उठाउन चाहनुहुन्छ।
(मती  6:9-10, 9:35-38, 13:39, 24:14; लुका 10:1-2; 2 पत्रुस 3:7-13; प्रकाश 14:15)

२.ख्रीष्ट केन्द्रित: वचन, आत्मा र मिशन

हामी ख्रीष्ट केन्द्रित छौं, उहाँको वचनमाथि निर्भर छौं जुन पवित्र शास्त्रमा लेखिएको छ (यूहन्ना १५:१-१६; २ तिमोथी ३:१६-१७), उहाँको आत्माद्वारा सशक्त छौं (यूहन्ना १४:२३-२६), र उहाँको मिशनमा समर्पित छौं, सबै राष्ट्रहरूलाई साक्षी दिने कार्यमा। (लूका २४:४६-४९; प्रेरित २०:२४)
महान आज्ञा (Great Commission)

हामी येशूलाई पच्छ्याउँदै उहाँको वचन र तरीकाहरू पालना गर्दै महान आज्ञालाई कार्यान्वयन गर्दै अघि बढ्छौं। येशू र उनका चेलाहरूको पद्धति अनुसार हामी सुसमाचारको प्रचार गर्छौं, चेलाहरू बनाउँछौं, अगुवाहरु र मण्डलीहरू बढाउँछौं, र राज्य निर्माणमा योगदान दिन्छौं।

हाम्रो उद्देश्य भनेको स्थानीय विश्वासिहरूलाई येशूको राज्य कार्यमा स्वामित्व दिनु र मण्डलीहरूलाई जहाँ छैन त्यहाँ स्थापना गर्नु हो।

 (मती 28:18-20; 24:14; युहन्ना 12:24, 14:26; प्रेरित 13:2; रोमी  15:18-24; 1 कोरिन्थी 3:6-9 )

विश्वव्यापी दृष्टिकोण:(Global in Scope)

हामी परमेश्वरको दर्शनको विश्वव्यापी रूपमा स्वीकार गर्छौं र उहाँको राज्य सम्पूर्ण पृथ्वीभर फैलिओस् भन्ने चाहना राख्छौं, जबसम्म उहाँले भन्नुहुन्न, कि कुनै व्यक्ति र स्थान बाँकी छैन।

यस दृष्टिकोणलाई ध्यानमा राख्दै, हामी सुसमाचारको प्रभाव कायम नगरेका स्थानहरूमा लक्षित गर्दछौं, जहाँ स्थानीय चेला र चर्चहरूको दिगो उपस्थिति छैन।

हामी परमेश्वरको सार्वभौमिकता र समयको विश्वास गर्दै, उहाँको मिशनको सम्पूर्णता र ख्रिष्टको दोस्रो आगमनमा विश्वास गर्दछौं। त्यसैले, हामी उहाँका आदेशहरूको सरल र इमानदारीपूर्वक पालन गर्दछौं, जबसम्म परमेश्वरले आफ्नो दर्शन पृथ्वीमा पूरा भएको देख्नुहुन्न।

(मत्ती २४:१४, ३६; प्रेरित १:८; २ पत्रुस ३:९; रोम १५:१८-२३; फिलिप्पी १:५)

स्थानीय व्यवस्थापन (Local Stewardship) 
हामी येशूलाई स्थानीय रूपमा अनुसरण गर्ने विश्वासयोग्य प्रयास र चेलाहरू र स्वतन्त्र मण्डलीहरूको फलदायी वृद्धिको उत्सव मनाउँछौं। हामी स्थानीय चेलाहरू र मण्डलीहरूलाई बाह्य अगुवाहरूमा सीमित निर्भरता राख्न प्रोत्साहित गर्छौं। यदि हामीले कुनै समुदायलाई चेलाहरू बनाउनमा बाह्य व्यक्तिको रूपमा काम गर्दैछौं भने, हामी त्यस समुदायभित्र स्थानिय अगुवाहरुलाई तयार पार्न खोज्छौं, जसले आफ्ना मानिसहरूलाई येशु प्रति विश्वासयोग्य अनुसरण र फलदायी वृद्धितर्फ नेतृत्व गर्न सक्छन्।

हामी विश्वास गर्छौं कि चौथो पुस्तासम्मको वृद्धिको देखिनु, हराएका मानिसहरू बीच राज्यको स्थायी र स्थानीय काममा व्यवस्थित उपस्थितिको एउटा संकेत हो।

(उत्पत्ति 1:26-28, मत्ती 13:31-33, मत्ती 28:18-20, प्रेरित 6:7, प्रेरित 14:21-23, 1 तिमोथी 3:1-13, तीतुस 1:5-9, २ तिमोथी २:२)

Comments

Popular posts from this blog

NPL- No Place Left

RELATIONSHIP

Give

PRACTICE

Donate