NPL- No Place Left

No Place Left
(#NoPlaceLeft) एक विश्वव्यापी अभियान हो, जसको उद्देश्य महान आज्ञा (मत्ती 28:18-20) पूरा गर्नु हो। यस अभियानले सुसमाचार प्रचार, चेलाहरू बनाउने, मण्डलीहरू स्थापना गर्ने, अगुवाहरू तयार पार्ने, र अभियानकर्ताहरू खडा गर्ने लक्ष्य राखेको छ।  यो दर्शन प्रेरित पावलको कामको रूपमा मात्र नभई सम्पुर्ण बाइबलभरी परमेश्वरको योजना हो। यसले सृष्टिको सुरुदेखि उत्पत्ति १:२६-२८) ख्रीष्टको दोस्रो आगमनसम्म (प्रकाश ७:९-१०) परमेश्वरको महिमाका लागी हरेक मानिस, जाति र भाषामा सुसमाचार फैलाउन निर्देशन गर्दछ ।

प्रेरित पावलको लक्ष्य थियो कि, सुसमाचार र परमेश्वरको राज्यलाई त्यहाँ पुऱ्याउने जहाँ खिष्टलाई अझ चिनेको छैन् । यो दर्शन तबसम्म जारी रहन्छ, जबसम्म संसारको प्रत्येक मानिसले सुसमाचार सुन्न र स्वीकार गर्न मौका पाउँदैनन् । परमेश्वरको अन्तिम उदेश्य उहाँको महिमा संसारभरि प्रकट गर्नु हो । परमेश्वरको अन्तिम उद्देश्य उहाँको महिमा संसारभरी प्रकट गर्नु हो भन्ने कुरा बाइबलको शिक्षाको मुख्य विषय हो। बाइबलका विभिन्न पढहरूमा परमेश्वरको यो महान योजना स्पष्ट रूपमा देख्न सकिन्छ ।

👉 बाइबल खण्ड :-
१.उत्पति १:२८ मा परमेश्वरले मानवजातिलाई आफ्नो-स्वरूपमा सृष्टि गर्नुभयो र उहाँको महिमा पृथ्वीभर फैलाउन उहाँले आज्ञा दिनुभयो । 
२.प्रेरित 1:8 यरूशलेम, यहूदिया, सामरिया हुँदै पृथ्वीको अन्त्यसम्म मेरो साक्षी बन।"
३.प्रकाश 7:9-10 अनुसार अन्त्यमा सबै जाती, कुल र सबै राष्ट्रका मानिसहरूले परमेश्वरलाई आराधना गर्नेछ । 
४.हबकुक २:१४ - मा परमेश्वरको योजना उहाँको महिमा र ज्ञान सम्पूर्ण पृथ्वीमा फैलाउनु हो।
५.मत्ती 24:14 अनुसार सुसमाचार प्रचारको उद्देश्य परमेश्वरको महिमा सबै राष्ट्रहरूमा प्रकट गर्नु हो।

👉 चेलाहरूको भूमिका: सुसमाचार फैलाउने जिम्मेवारी
"No Place Left" को दर्शन अनुसार, हरेक ख्रीष्टियनलाई निम्न जिम्मेवारी दिइएको छ:
✔ नयाँ सृष्टि र ख्रीष्टको राजदूतको रूपमा सुसमाचार प्रचार गर्ने।
✔ ख्रीष्टको आज्ञाहरू पालन गर्ने र अरूलाई पालन गर्न सिकाउने।
✔ बप्तिस्मा ग्रहण गर्ने र अरूलाई बप्तिस्मा दिन सिकाउने।
✔ मण्डलीहरू स्थापना गर्ने र नयाँ अगुवाहरू तयार पार्ने।
✔ प्रत्येक मानिसलाई सुसमाचार सुन्ने अवसर दिने।
✔ व्यक्तिगत र सामूहिक रूपमा परमेश्वरको महिमा फैलाउने।

👉 निष्कर्ष
हामीलाई परमेश्वरले संसारको हरेक ठाउँमा सुसमाचार पुर्‍याउन बोलाउनु भएको छ। जबसम्म प्रत्येक मानिसले ख्रीष्टको सुसमाचार सुन्न पाउँदैनन्, तबसम्म हाम्रो कार्य बाँकी छ। त्यसैले, हामीले "No Place Left" अर्थात् "कुनै ठाउँ बाँकी नरहोस्" भन्ने दृष्टिकोण लिएर अघि बढ्नुपर्छ।
✦ के तपाईं पनि यस महान कार्यमा सहभागी हुनुहुन्छ?
✦ आजैबाट सुरु गर्नुहोस्: जित्नु, निर्माण गर्नु, पठाउनु!


Comments

Popular posts from this blog

पिताको हृदय

RELATIONSHIP

Give

PRACTICE

Donate