१.पिताको हृदय हामी परमेश्वरको राज्य पृथ्वीमा आउन र उहाँको इच्छा स्वर्गमा जस्तै पृथ्वीमा पूरा होस् भन्ने पिताको हृदयद्वारा प्रेरित छौं (मत्ती 6:9-10)। परमेश्वर फसलका प्रभु हुनुहुन्छ, जसले सबै जाति, भाषा, र राष्ट्रबाट आत्माहरूको फसल उठाउन चाहनुहुन्छ। ( मती 6:9-10, 9:35-38, 13:39, 24:14; लुका 10:1-2; 2 पत्रुस 3:7-13; प्रकाश 14:15) २.ख्रीष्ट केन्द्रित: वचन, आत्मा र मिशन हामी ख्रीष्ट केन्द्रित छौं, उहाँको वचनमाथि निर्भर छौं जुन पवित्र शास्त्रमा लेखिएको छ (यूहन्ना १५:१-१६; २ तिमोथी ३:१६-१७), उहाँको आत्माद्वारा सशक्त छौं (यूहन्ना १४:२३-२६) , र उहाँको मिशनमा समर्पित छौं, सबै राष्ट्रहरूलाई साक्षी दिने कार्यमा। ( लूका २४:४६-४९; प्रेरित २०:२४) महान आज्ञा (Great Commission) हामी येशूलाई पच्छ्याउँदै उहाँको वचन र तरीकाहरू पालना गर्दै महान आज्ञालाई कार्यान्वयन गर्दै अघि बढ्छौं। येशू र उनका चेलाहरूको पद्धति अनुसार हामी सुसमाचारको प्रचार गर्छौं, चेलाहरू बनाउँछौं, अगुवाहरु र मण्डलीहरू बढाउँछौं, र राज्य निर्माणमा योगदान दिन्छौं। हाम्रो उद्देश्य भनेको स्थानीय विश्वासिहरूलाई येशू...